२०८१, १९ असार मंगलबार | Tue Jul 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङका स्थानीय तहको प्राथमिकतामा सडक र कृषि



खोटाङका १० स्थानीय तहले सडक विकास र कृषिलाई प्राथमिकता दिँदै ४ अर्ब ११ करोड ६४ लाख बजेट ल्याएका छन् । आर्थिक वर्ष ०८१-०८२ का लागि खोटाङका १० स्थानीय तहले चार अर्ब ११ करोड ६४ लाख २६ हजार ९२५ रुपैयाँको बजेट ल्याएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सबैभन्दा बढी ९८ करोड ९४ लाख ४२ हजार ९९५ तथा साकेला गाउँपालिकाले सबैभन्दा कम ३१ करोड २२ लाखको बजेट ल्याएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाले ८२ करोड ३८ लाख ३३ हजार ३०० बजेट प्रस्तुत गरेको छ भने जन्तेढुंगा गाउँपालिकाले ४२ करोड २५ लाख आठ हजार ७११ बजेट प्रस्तुत गरेको छ ।

बराहपोखरी गाउँपालिकाले ३९ करोड १२ लाख ४५ हजार, केपिलासगढी गाउँपालिकाले ४९ करोड २७ लाख ३६ हजार र ऐसेलुखर्क गाउँपालिकाले ४३ करोड ९४ लाख ८६ हजार बजेट विनियोजन गरेका छन् ।

खोटेहाङ गाउँपालिकाले ५६ करोड ५५ लाख ७२ हजार ९१९ बजेट प्रस्तुत गरेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५० करोड ७७ लाख ६३ हजार र रावाबेँसी गाउँपालिकाले ४० करोड ६३ लाख ५८ हजार बजेट प्रस्तुत गरेको छ ।

जिल्लाका सबै स्थानीय तहले सडकलाई पहिलो प्राथमिकता दिएका छन् । राष्ट्रिय सडक सञ्जाल तथा अन्तरपालिका जोडिएका ग्रामीण सडकको स्तरोन्नतिका लागि जिल्लाका सबै स्थानीय तहले प्राथमिकतामा राखेका छन् । खोटाङका स्थानीय तहहरूले दोस्रो प्राथमिकतामा कृषिलाई राखेका छन् । आधुनिक कृषि प्रविधि तथा रैथाने बाली प्रवद्र्धनका लागि हरेक स्थानीय तहले गाउँ तथा नगरसभाबाटै बजेटको व्यवस्था गरेका छन् ।

प्रकाशित मिति : २०८१, १९ असार मंगलबार ००:००  १० : ०७ बजे