२०८१, ७ कार्तिक बुधबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला नछाड्न सीडीओहरुलाई गृहकाे निर्देशन



गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे छलफल भएको थियो ।

सोही छलफलमा गृह मन्त्रालयका सचिव एक नारायण अर्यालले जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् । पालिकाहरुसँग समन्वय गर्दै तम्तयार भएर बस्न उनले प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

विपद् व्यवस्थापनमा पालिकाको भूमिका महत्वपूर्ण रहने भएकाले प्रमुख जिल्ला अधिकारीहरूले पालिकासँगको समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालले बताए ।

प्रदेश सरकार, निजी क्षेत्र, सामाजिक संस्थाहरूलाई परिचालनका निम्ति समन्वय गर्न, सडक खुलाउने उपकरण तथा कर्मचारीहरुको व्यवस्थापन गर्न, तत्काल उद्धार र राहतका लागि हेलिकप्टर लगायतका स्रोत साधन चुस्त दुरुस्त राख्न र विपदबाट पीडित परिवारसम्म पुग्न पनि गृहसचिव अर्यालले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २०८१, २२ असार शुक्रबार ००:००  ३ : २९ बजे