२०८१, १९ आश्विन शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खिजिदेम्बाका विद्यालयमा जंक फुड प्रतिबन्ध, विद्यार्थीलाई पोषणयुक्त खाजा



विद्यालयमा पत्रु खाना (जंग फुड) प्रतिबन्ध गरेको ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले विद्यार्थीलाई पोषणयुक्त खाजा खुवाउने भएको छ । पालिकाको उत्पादनलाई ब्राण्डिङ र राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्न नीतिगत काम गरिरहेको खिजीदेम्बाले गाउँका विद्यालयमा पनि विद्यार्थीलाई पोषणयुक्त खाना खुवाउने भएको हो ।

कृषि उत्पादनको प्रचुरसम्भावना भएको खिजीदेम्बाका गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले पालिकालाई पत्रुखाना र आयातित् मदिरा निषेध गर्दै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न योजनाबद्ध काम गरिरहेका छन् । अध्यक्ष शेर्पाले स्थानीय उत्पादनको बाण्डिङ र बजारीकरणका लागि दातृ निकायको लगानी पालिकामा भित्राइरहेका छन् ।

कल्स ओवर रिजेज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा खिजीका ४ वटा माविमा पोषणयुक्त खाजा कार्यक्रम लागू भएको हो । उक्त कार्यक्रमका लागि कल्स ओवर रिजेज नेपाल, गाउँपालिका र सम्बन्धित विद्यालय गरि त्रिपक्षिय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौता अनुसार कल्स ओवर रिजेजले प्रति विद्यार्थी २०, गाउँपालिकाले प्रति विद्यार्थी ५ र अभिभावकले प्रति विद्यार्थी ५ रुपैंया लागत ब्यहोर्ने छ । विद्यालय खुल्ने ६ दिन नै फरक–फरक मेनु बनाई गाउँमै उत्पादित अर्गानिक खाजा विद्यार्थीले खान पाउने छन् । यो वर्षको विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि पालिकाले १५ लाख ३० हजार रकम विनियोजन गरेको छ ।

नर्वदेश्वर मावि रगनी, चण्डेश्वरी मावि पोल्थली, फुलमती मावि खिजीफलाटे र कुण्डली मावि खिजीकातीका सबै विद्यार्थीलाई गाउँमै फलेको अन्नको परिकार बनाएर पोषिलो खाजा खुवाईने पालिका अध्यक्ष गम्बु शेर्पाले बताए । यो कार्यक्रमले शैक्षिक विकास र गुणस्तर सुधारम टेवा पुग्ने र स्थानीय उत्पादनको बजारीकरणका साथै नागरिक स्वस्थ बनाउने अभियान पनि सार्थक हुने अध्यक्ष शेर्पाको भनाई छ ।

प्रकाशित मिति : २०८१, २२ असार शुक्रबार ००:००  ५ : ३३ बजे