२०८१, ७ कार्तिक बुधबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमतीकाे मुख्यमन्त्री बन्दै बहादुरसिंह लामा, जम्कट्टेललाई राजीनामा दिन काँग्रेसको आग्रह



नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टे अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन माग गरेको छ ।

काँग्रेस संसदीय दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा (तामाङ) ले सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएकोले सरकार अल्पमतमा परेको नयाँ सरकार गठनका लागि मुख्यमन्त्री जम्कट्टेललाई मार्गप्रशस्त गरिदिन आग्रह गरेका हुन् ।

काँग्रेस संसदीय दलका नेता लामाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, मुख्यमन्त्रीले राजनीतिलाई सहज रूपमा अगाडि बढाउन र सहमतीय सरकार गठन गर्न तत्काल मार्गप्रशस्त गरिदिनुहुन हार्दिक आग्रह गरेकाे छ।

मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न सङ्घ र सात वटै प्रदेशमा सहमतिको सरकार गठन गर्ने सङ्कल्पका साथ पहिलो र दोस्रो पार्टी नेपाली काँग्रेस र एमाले बिच अनपेक्षित नयाँ समीकरण निर्माण भएकोले यो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भन्दै काँग्रेस संसदीय दलका नेता लामाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसअघि एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले कामचलाउ हैसियतमा पुगिसकेको बागमती प्रदेशको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामा गरी सहमतीय सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् ।

केन्द्रमा कांग्रेस र एमालेकाे समिकरण बन्दा बागमती कांग्रेसकाे भागमा पर्ने र बहादुरसिंह लामा मुख्यमन्त्री हुने बढी सम्भावना छ ।

प्रकाशित मिति : २०८१, २८ असार बिहीबार ००:००  ११ : २८ बजे