२०८१, २३ भाद्र आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेसहाराका अभिभावक छिन्नमस्ताका अध्यक्ष, आफैं सनाखत गरेर मिरादेवीलाई नागरिकता दिलाए



सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी पालिकाबासी बेसहारा नागरिकको अभिभावक बनेका छन् । स्थानीय सरकारको प्रमुख बनेसँगै सबै क्षेत्र र वर्गको  नेतृत्व गरेका अध्यक्ष चौधरीले पहुँच बिहिनहरुलाई खोजिखोजी सेवा दिन थालेका हुन् ।

पहुँचमा नहुँदा राज्यको सेवा सुविधाबाट वञ्चित भएकालाई अध्यक्ष चौधरीले सेवा दिइरहेका छन् ।

यसैबीच गाउँपालिका अध्यक्षकै पहलमा विवाह भएर पतिको घर आएको २५ वर्षपछि सप्तरी छिन्नमस्ता गाउँपालिका–३ की मिरादेवी मण्डलले नागरिकता पाएकी छन् । छोराछोरीले नागरिकता पाउनु पर्ने समय सम्म आमाकै नागरिकता नभएको भन्दै अध्यक्ष चौधरीले आफैंले सनाखत गरेर नागरिकता दिलाएका हुन् । 

भारत विहार राज्यको मधुवनी जिल्लास्थित महथौर माइती भएकी मिरादेवीको छिन्नमस्ता गाउँपालिका – ३ का रामलखन मण्डलसंँग २०५६ सालमा विवाह भएको थियो ।

१७ वर्षीय छोरी र १५ वर्षका छोरा गरी दुई सन्तान रहेका मिरा कुमारीका पति रामलखन १५ वर्ष यता परिवारबाट सम्पर्कविहीन छन् । श्रीमान सम्पर्कमा नहुँदा उनको नागरिकता बन्न सकेको थिएन ।

उनको नागरिकता नबनेको तथा पति रामलखनको पनि नागरिकता नभेटिएको र रामलखन सम्पर्कविहीन भएपछि छोराछोरीको पढाई नै नागरिकता अभावमा संकटमा परेको थियो । पछिल्ला वर्षहरुमा मिराकुमारीले पटक–पटक नागरिकता लिने प्रयास गरेकी थिइन् । तर पतिको नागरिकता र सनाखत बस्ने अभावमा उनको नागरिकता बन्न सकिइरहेको थिएन ।

छिन्नमस्ता गाउँपालिकाले विवाह दर्ताको सिफारिस गरिदिएको र गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले नै बुधवार जिल्ला प्रशासनमा सनाखत गरेर नागरिकता बनाइदिएका हुन् ।

पालिका अध्यक्षले मिरादेवीको नागरिकता बनाइदिएपछि उनका २ सन्तानको पठनपाठनमा समेत सहजता आएको छ । भगवती मन्दिर परिसरमा फुल बेचेर गुजारा चलाउने मिरादेवीले नागरिकता पाएपछि आफु र छोराछोरीका लागि निकै सहज भएको भन्दै खुसी व्यक्त गरेकी छन् ।

जनपक्षिय काम गर्दै आएका युवा अध्यक्ष पालिकाबासी माझ निकै लोकप्रिय छन् ।

प्रकाशित मिति : २०८१, २८ असार बिहीबार ००:००  ११ : ५७ बजे