२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिगो र एकिकृत विकास गर्न सोरुले आयोजना बैंक बनायो

संघ र प्रदेशले आफुखुसी बजेट छर्न नपाउने



मुगुको सोरु गाउँपालिकाले आयोजना बैंक बनाएको छ । दिगो र एकिकृत विकासका लागि गाउँपालिकाले योजनाको प्राथमिकिकरण गरेर आयोजना बैंक बनाएको हो ।

बस्तिस्तरबाट छनोट भई आएका आयोजना तथा आवधिक योजनामा उल्लेख भएका आयोजनाहरुलाई आयोजना बैंकको रुपमा समावेश गरिने र पालिकाको विकास दिगो बनाइने गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । सोरु गाउँपालिकाले संघिय प्रदेश तथा अन्य गैरसरकारी साझेदारहरुलाई पालिकाको आयोजना बैंकमा समावेश भएका आयोजना मात्र कार्यान्वयन गर्न सिफारिस गर्ने नीति लिएको छ ।

आगामी आर्थिक वर्ष २०८१।०८२ को नीति कार्यक्रमको ३३ औं बुँदामा आयोजना बैंक निर्माणको विषय उल्लेख छ ।

योजनाको प्राथमिकिकरण नहुने, माथिल्लो सरकारको बजेट माग र आवश्यकता भन्दा फरक ठाउँमा पर्ने र काम आशातित् नहुने समस्या बढेपछि सोरुले यस्तो नीति अघि सारेको हो ।

योजना छनोटका चरणहरु पुरा गरेर बस्ति र टोलविकासहुँदै वडा वडाका माग र आवश्यकताका आधारमा विषयगत योजनाको सूचि बनाएर योजना बैंकमा समावेश गर्ने र कार्यान्यनको पहल गरिने सोरु गाउँपालिकाले जनाएको छ । 

सोरुको यो नीति कार्यान्वयन भए विकासमा हुने बेथिती हट्ने छ । नेपालका अन्य स्थानीय तहले पनि यसको सिको गर्न सक्ने जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २०८१, ३ श्रावण बिहीबार ००:००  १२ : ०४ बजे