२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै २ महिनाको छाेराे हत्या गर्ने आमा पक्राउ



ओखलढुंगामा आफ्नै २ महिनाको शिशु हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । आफुले जन्माएको शिशु हत्या गरेको आरोपमा सिद्धिचरण नगरपालिका ४ चार्खु बस्ने २६ वर्षिया दिपकुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो ।

गत असार ३१ गते जिल्लाको चिशंखुगढी गाउँपालिका ८ बाघखोर जङ्गलमा शिशुको शव भेटिएको थियो । स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रारम्भीक अनुसन्धानमा मृतक शिशु सिद्धिचरण नगरपालिका ४ चाखु बस्ने युवराज राई र उनकी श्रीमती दिपकुमारी राईको छोरा हिमाल राई रहेको खुलेपछि प्रहरीले सोहि दिन दिपकुमारीलाई प्रक्राउ गरि अनुसन्धान थालेको थियो ।

प्रहरी समक्षको बयानमा आरोपित राईले किटनासक औषधी खुवाई शिशु हत्या गरी जंगलमा फालि दिएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक एवं  सूचना अधिकारी विजय कार्कीले बताए । जन्मेदेखि नै रोई राख्ने, दिक्क लगाउने गरेकोले हत्या गरेको भनि बयान दिएको प्रहरी निरीक्षक कार्कीको भनाई छ ।

मृतक शिशुको कानुनी प्रकृया पुरा गरी शव पोष्ट मार्टमका लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०८१, ४ श्रावण शुक्रबार ००:००  ९ : ३७ बजे