२०८१, २३ भाद्र आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपसचिव अमरदीप सुनुवारको ‘गाउँदेखि शहर’ सार्वजनिक



कविता र गीतलेखनमा सक्रिय नेपाल सरकारका उपसचिव अमरदीप सुनुवार यसपटक तिज गीत लिएर आएका छन्।

निजामती सेवामा कार्यरत सुनुवारले लेखेको ‘गाउँदेखि शहर’बोलको तिजगीत मंगलबार ओएसआर युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

गाउँघरका ढिकीजाँतोको कुरादेखि मेलापात र सहरी जीवनको समेत मिश्रण गरिएको यो गीतमा नायिका प्रियंका कार्कीले अभिनय गरेकी छिन्। मन्मा बी राईको स्वर र अशोक मुकारुङको संगीत रहेको यो तिजगीतको निर्देशन जिबी आग्रीले गरेका हुन्।

यो वर्षको उत्कृष्ट तिजगीतका रूपमा ‘गाउँदेखि शहर’ स्थापित हुने आशा निर्माताले व्यक्त गरेका छन्। तिज नृत्यका लागि उपयोगी हुने गरी एरेन्ज गरिएको संगीतकारले बताएका छन्। गीत रिलिज भएको १६ घण्टाभित्रै ३८ हजारले हेरिसकेका छन्।

प्रकाशित मिति : २०८१, ७ श्रावण सोमबार ००:००  १० : ३८ बजे