२०८१, २२ भाद्र शनिबार | Sat Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुष्प खेती प्रवर्द्धन गर्दै विनयी त्रिवेणी, फुलखेती गर्ने किसानले अनुदान पाउने



विनयी त्रिवेणी गाउँपालिकाले पुष्प खेती प्रवद्र्धन गर्ने नीति लिएको छ । गाउँपालिकामा फुलको माग पूर्ती गर्दै किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले पुष्प खेती तथा व्यवसाय प्रवद्र्धन गर्ने नीति लिएको हो ।

फुलखेती गर्ने किसानालाई उत्पादनमा अनुदान दिने र उत्पादीत फुलको बजारीकरणका लागि समेत पहल गरेर व्यवसायिक पुष्प व्यवसायमा किसानलाई आकर्षित गराउने नीति लिइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । व्यवसायिक कृषि मार्फत किसानलाई आत्मनिर्भर बनाउन र कृषिबाटै पालिकाको आर्थिक समृद्धि हासिल गर्न नीतिगत पहल भईरहेको अध्यक्ष गिरीको भनाई छ ।

बजारमा पाइने खादा मालाको प्रयोग बढिरहेको र गाउँघरमा फुल रोप्ने चलन हराइरहेको अवस्थामा फुल उत्पादनको सम्भावना अध्ययन गरेर पालिकाले किसान लक्षित कार्यक्रम अघि सारेको हो ।

व्यवसायिक पुष्प व्यवसायका लागि व्यवसायिक कृषि फर्म, कम्पनी, कृषक समूह र सहकारीलाई गाउँपालिकाले अनुदान दिने भएको छ । पालिकाले १५ दिन भित्र प्रस्ताव सहित आवश्यक कागजातहरु गाउँपालिकाको कृषि शाखामा पेश गर्न सूचना जारी गरेको छ ।

फुल खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि सहकारी, कृषक समूहको हकमा न्यूनतम ५ कठ्ठा क्षेत्रफलमा र कृषि फर्मको हकमा न्यूनमत ३ कठ्ठा क्षेत्रफलमा खेती गरेमा सयपत्री फुलको बिउ, बिरुवा, प्लाष्टिक मल्चिङ, नर्सरी ट्रे, पिटमस विषदी साथै अन्य आवश्यक सामाग्री सहयोग गरिने गाउँपालिकाले जनाएको छ ।

प्रस्तावसाथ तोकिए बमोजिमको ढाचाँको निवेदन सहितको प्रस्ताव, संस्थाको दर्ता/ नविकरण प्रमाणपत्र, कृषि सहकारी/ कृषक समूहको हकमा संस्था सञ्चालक समितिको कार्यक्रम मागको बैठक निर्णय र वडा कार्यालय सिफारिस पेश गर्नुपर्ने छ ।

भिडियाेमा हेर्नुहाेस्

प्रकाशित मिति : २०८१, ८ श्रावण मंगलबार ००:००  ९ : ५३ बजे