२०८१, ६ माघ आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिराेले क्षति गरेकाे खानेपानी बनाउन पाइप बोकेर सेलाङकट्टी पुगे भोटेकोशीका अध्यक्ष शेर्पा



सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ सेलाङकट्टीमा बाढी पहिराेले बिगारेको खानेपानी आयोजना पुनः सूचारु गराइएको छ । केही दिन देखिको अविरल वर्षाका कारण मुहानबाट चुहानसम्मका विभिन्न ठाउँमा पहिरोजाँदा अबरुद्ध भएको खानेपानी आयोजना स्थानीय सरकारको सहयोगमा मर्मतपछि पुन सूचारु भएको हो ।

पहिरोले पाइपमा क्षति गरेपछि केही दिन यता सेलाङकट्टी गाउँमा खानेपानीको संकट आईपरेको थियो । स्थानीयको खानेपानी समस्या समाधान गरेर बाढी पहिरोले क्षती गरेको खानेपानीको आयोजना सूचारु गर्न गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा आफैं खानेपानीको पाइप बोकेर सेलाङकट्टी पुगेका हुन् ।

२ घण्टा सम्म पैदल हिड्नुपर्ने गाउँमा पाइप बोकेर लगेर पानीको व्यवस्था गरिएको छ ।

खानेपानी समस्या समाधानमा गाउँपालिका अध्यक्ष नै अग्रसर भएपछि स्थानीय युवा, सरोकारवाला र नेपाल प्रहरीले समेत सघाएको थियो । गाउँमा पानी पुनः सूचारु भएपछि स्थानीय खुसी भएका छन् । 

विपद्पछि खानेपानी अभाव भएको जानकारी आउनासाथ पालिकाबाट पाइपको व्यवस्था गरेर विकल्प अपनाएर स्थानीय युवाहरुको विशेष भूमिकामा खानेपानी समस्या समाधान गरिएको गाउँपालिका अध्यक्ष शेर्पाले अनलाइन सरोकारसँग बताए । विपद्का कारण खानेपानी अवरुद्ध भएमा तत्काल मर्मत गरेर पानीको अभाव हुन नदिने अध्यक्ष शेर्पाको भनाई छ ।

भोटेकोशी गाउँपालिका ४ मा पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सार्नका लागि पालिकाले त्रिपाललगायतका सामाग्री समेत हस्तान्तरण गरेको छ ।

भोटेकोशी गाउँपालिकाले यसवर्षको नीति कार्यक्रम र बजेटमा पनि खानेपानी आयोजना निर्माण र मर्मतलाई प्राथमिकतामा राखेको छ । १ घर १ धारा र सरसफाई स्वच्छतामा विशेष अभियान चलाइरहेको भोटेकोशी गाउँपालिकाले खानेपानीका ठुला आयोजना निर्माणका लागि संघ र प्रदेश सरकारमा सिफारिस गर्ने गरेको छ । 

प्रकाशित मिति : २०८१, ८ श्रावण मंगलबार ००:००  ३ : ३५ बजे