२०८१, ९ माघ बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लिए सपथ



बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सपथ लिएका छ्न् ।

प्रदेश प्रमुखको कार्यलयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई सपथग्रहण गराएका हुन् ।

काङ्ग्रेस संसदीय दलका नेता लामा काङ्ग्रेसबाट बागमती प्रदेशमा पहिलो मुख्यमन्त्री बन्न सफल भए । नुवाकोटबाट प्रदेशसभामा विजयी लामा यस अघि बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री थिए ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामा प्रदेशका पाँचौँ मुख्यमन्त्री हुन् । उनी कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : २०८१, ९ श्रावण बुधबार ००:००  १२ : ०० बजे