२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकोटमा चक्रपथ बनाउँदै तिलागुफा नगरपालिका

दुर्गम गाउँमा दुरदर्शी विकास



चक्रपथ अर्थात रिङरोड ठुलो र छरिएको भुगोललाई एकैपटक जोड्ने सडकमार्ग हो । छोटो दुरीबाट एकै फन्कोमा सबै क्षेत्रमा पुग्न सकिने चक्रपथ विगतमा सहरमा मात्रै प्रचलित विकास मानिन्थ्यो । अहिले नेपालका दुर्गम गाउँहरुमा समेत चक्रपथको अवधारणा अघि बढ्न थालेको छ ।

कालिकोटको तिलागुफा नगरपालिकाले नगरभित्र चक्रपथ निर्माणको नीति लिएको छ । नगरपालिकाका सबै ११ वटा वडालाई छोटो दुरीबाट गाउँ देखि सहर र एकठाउँ बाट अर्को ठाउँ जोड्नलाई चक्रपथ निर्माणको नीति ल्याइएको तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायले बताए । नगरको गौरवको योजनाका रुपमा सुरु हुने यो योजना सम्पन्न गर्न संघ र प्रदेश सरकारसँग बजेट माग गरिने नगरप्रमुख उपाध्यायको भनाई छ ।

तिलागुफाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्वाधार विकास अन्तरगत ४ नम्बर बुँदामा ‘नगरको गौरवको आयोजनाका रुपमा ११ वटै वडा जोड्ने गरी चक्रपथ निर्माण गरिनेछ’ भन्ने उल्लेख गरिएको छ ।

पर्यटनको प्रचुर सम्भावना भएको तिलागुफा नगरपालिकाले नगरका सडकसहितका पूर्वाधार विकासलाई पर्यटनसँग जोड्ने गरेको छ ।

प्राकृतिक, धार्मीक एवं एतिहासिक तिलागुफामा बन्ने चक्रथप आयोजना र पालिका भित्रका सडक मर्मत तथा स्तरोन्नतीको कामले नगरको समग्र विकासमा टेवा पुग्ने नगरपालिकाले जनाएको छ ।

तिलागुफाको नयाँ नीति कार्यक्रमा नगरस्तरीय सडक गुरु योजनालाई पूर्णता दिई कार्यान्वय गरिने, नगरभित्रका ग्रामिण कृषि सडकहरुलाई निरन्तरता दिँदै गाल्जे बालीचौर छाप्रे सडकको ठेक्का प्रकृयालाई तत्काल अघि बढाउने विषयले प्राथमिकता पाएको छ ।

विकासले बद्लिएको तीलागुफा भिडियाेमा हेर्नुहाेस्

प्रकाशित मिति : २०८१, ९ श्रावण बुधबार ००:००  १२ : २५ बजे