२०८२, २३ कार्तिक शनिबार | Sat Nov 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक विकासले सुगम बन्दै तमानखोला



बाग्लुङको तमानखोला गाउँपालिका सडक विकासले सुगम बनेको छ । स्थानीय सरकारको नेतृत्वमा पछिल्लो समय भएको सडक विकासले विगतमा निकै दुर्गम मानिने तमानखोलाका गाउँहरु अहिले सुगम बनेका छन् ।

गाउँ गाउँमा सडकको पहुँच पुगेपछि तमानखोलाको समग्र पूर्वाधार विकासले समेत गति लिएको छ । विगतमा घण्टौं पैदल यात्रा गर्नुपर्ने, खाद्य समाग्री ढाकरमा बोक्नुपर्ने, बिरामीहुँदा, पिठ्यु र डोकोमा बिरामी बोक्नुपर्ने गाउँहरुमा अहिले सहज सवारी सुविधा छ ।

६ वडामा २७ वटा वस्ति रहेको तमानखोलाका सबै टोलबस्तिमा सडक पुगेको छ  । नयाँ सडक विस्तार, पुराना सडक स्तरोन्नती गरेर गाउँ र केन्द्रलाई जोडिएको छ भने खोलामा २ वटा मोटरेवल पुल बनाएर बाह्रै महिना सडक सञ्चालन हुने बनाइएको छ । सडक विकाससँगै तमानखोला शुन्य विकासबाट समृद्धिको यात्रामा अघि बढेको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए ।

आवत जावतमा सहजता भएसँगै कृषि उत्पादनको बजारीकरणमा समेत स्थानीयलाई सजिलो भएको छ ।

विकासको मेरुदण्ड मानिने सडक विकासलाई तमानखोलाले प्राथमिकतामा राखेको छ ।   सिमित स्रोतको उच्चतम् सदुपयोग गरेर विकासका काम गरिरहेको तमानखोलाले ठुला सडक आयोजना र मोटरेवल पुल निर्माणमा आवश्यक बजेट व्यवस्था गरिदिन संघ र प्रदेश सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१, ९ श्रावण बुधबार ००:००  ४ : ११ बजे