२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाउने को–पाइलट ओखलढुंगाका सुशान्त कटुवाल



सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा को–पाइलटओखलढुंगाका सुशान्त कटुवालसहित हुँदा १८ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार बिहान ११ः ११ बजे काठमाडौंबाट पोखरा उडेको जहाज दुर्घटना हुँदा १७ जना नेपाली र एक जना यमनका नागरिकको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका १८ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा को–पाइलट सुशान्त कटुवाल र यात्रुहरु अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, प्रिजा खतिवडा, उद्धव पुरी, यज्ञप्रसाद पौडल, सन्तोष महतो, पुण्यरत्न शाही र अरेफ रेडा छन् । रेडा यमनी नागरिक हुन् ।

को–पाइलट कटुवाल ओखलढुंगाको च्यानमका हुन् ।

३७ वर्षीय क्याप्टेन मनीष शाक्यलाई उद्धारपछि उपचार भईरहेको छ ।   

प्रकाशित मिति : २०८१, ९ श्रावण बुधबार ००:००  ५ : १९ बजे