२०८१, २२ भाद्र शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज मौद्रिक नीति आउँदै, के छन् प्राथमिकता ?



नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति पास गर्न आज सञ्चालन समितिको बैठक बोलाइएको छ ।

अघिल्लो शुक्रबार नै आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागेपनि सरकार परिवर्तनका कारण एक हप्ता ढिलो भएको हो ।

गत साता नै नेपाल राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक बसेर मौद्रिक नीतिको छलफल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाकार डा। युवराज खतिवडा बनेपछि प्रधानमन्त्री र खतिवडाले गभर्नरसँग मौद्रिक नीतिको ब्रिफिङ लिएका थिए । ब्रिफिङपछि केही कुरा थप गर्नु पर्ने भन्दै मौद्रिक नीति १ हप्ता पछाडि टेलिएको थियो ।

बाह्य अर्थतन्त्र राम्रो हुँदै गएको बेला मौद्रिक नीतिले आन्तरिक अर्थतन्त्र बलियो बनाउने तर्फ केन्द्रित हुने स्रोतको भनाइ छ ।

मौद्रिक नीति र बजेटको तादम्यता मिल्ने गरी नीति आउन लागेको चर्चा भइरहेको छ । अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ‘ट्युनिङ’ मिलेकाले पनि बजेट कार्यान्वयनमा सहज हुने मौद्रिक नीति जारी हुने अपेक्षा गरिएको जानकारहरु बताउँछन् ।

‘शेयर बजार, घरजग्गा कारोबार र उत्पादन क्षेत्रलाई केन्द्रित गरेर मौद्रिक नीति आउने छ । शेयर धितो कर्जालाई व्यक्तिका हकमा ३० करोड र संस्थाका हकमा ५० करोड बनाउन खोजिएको छ । घर जग्गा कर्जाको सीमा बढाउने तयारी रहेको छ । बैकले प्रवाह गर्ने कुल ऋणको कति प्रतिशत कुन क्षेत्रमा ऋण प्रवाह गर्ने सीमामा पनि केही हेरफेर हुने छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कूल कर्जाको ३ प्रतिशतसम्म कर्जा शेयर धितोमा दिन सक्ने व्यवस्था गर्ने तयारी रहेको छ’, राष्ट्र बैंक स्रोतले भन्यो ।

बजेटले समेट्न नसकेको क्षेत्रमा मौद्रिक नीतिमार्फत सम्बोधन गर्न निजी क्षेत्रले माग गरिरहेका छन् । नयाँ बजेट आउँदा निजी क्षेत्रले आफूहरूले अपेक्षा गरेअनुसारको बजेट नआएको बताएका थिए ।

उता शेयर लगानी कर्ताहरूले पनि लगानीमैत्री मौद्रिक नीति आउने अपेक्षा गरिरहेका छन् ।

प्रकाशित मिति : २०८१, ११ श्रावण शुक्रबार ००:००  ८ : ५१ बजे