२०८३, १० भदौ बुधबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ।

शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्ने माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रको यो पहिलो पदाधिकारी बैठक हो।

बैठकमा पछिल्लो केन्द्रीय समिति बैठकयताका समग्र परिस्थितिको समीक्षा हुने र आगामी कामबारे छलफल हुने सापकोटाले जानकारी दिए।

त्यस्तै नयाँ समीकरण बनेपछिको वर्तमान राजनीतिक परिस्थति, शान्ति प्रक्रिया र पार्टीको संगठनलाई सुदृढ बनाउने विषयमा छलफल हुने उपाध्यक्ष सापकोटाले जानकारी दिए।

प्रकाशित मिति : २०८१, ११ श्रावण शुक्रबार ००:००  १० : ०० बजे