२०८१, १४ कार्तिक बुधबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि मार्फत समृद्धि खोज्दै, किसानलाई आत्मनिर्भर बनाउँदै निसीखोला



बाग्लुङको निसीखोला गाउँपालिकाले कृषि मार्फत समृद्धि खोज्दै किसानलाई  आत्मनिर्भर बनाउने नीति लिएको छ । कृषि उत्पादन र पशुपालनको प्रचुर सम्भावना भएको निसीखोलाले निर्वाहमुखी खेतीलाई व्यवसायिक बनाउने र आधुनिक खेतीको विकास गरेर गाउँमै किसानलाई आत्मनिर्भर बनाउने नीति अघि सारेको हो ।

निसीखोलाका नागरिकको मुख्य पेशा कृषि र पशुुपालन हो । सबै वडामा पशुवस्तु चरिचरणका लागि प्रसस्तै खुला जमिन छ । खेतीपातीको सम्भावना पनि उत्तिकै छ ।

बागलुङ जिल्लामै सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्र निसीखोलाको वडा नम्बर ५ निसेलढोर, वडानम्बर २ को अर्नाकोट हो । निसीखोलामा वर्षौं अगाडिदेखि नै व्यावसायिक स्याउ उत्पादन हुँदै आएको छ । गाउँपालिकाले अहिले थप स्याउखेती विस्तार गरिरहेको छ ।

निसीखोला मौरीको महका लागि निकै प्रख्यात छ ।

बोयर बोका वितरण गरिरहेको निसीखोलाले गाउँलाई आलु र मासुमा आत्मनिर्भर बनाएको छ ।

दलहन र तेलहनबाली प्रसस्तै हुने यस क्षेत्रमा परम्परागत निर्वाहमुखी खेतीलाई आधुनिकिकरण गरेर व्यवसायिक बनाउन पकेट विकासका कार्यक्रम थालिएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए ।

कृषि मार्फत नै किसानलाई आत्मनिर्भर बनाउन कृषकको उत्पादन, हातहातमा अनुदान जस्ता कार्यक्रम मार्फत कृषि र पशु पालनमा उत्पादनमा आधारित अनुदान दिने गरिएको छ ।

आकाशे पानीको भरमा रोपाइँ गर्ने निसीखोलाका किसानले सिंचाइको प्रयोग गदैनन् । सिंचाइ आयोजना सञ्चालन गरेर कृषिमा आधुनिकता ल्याउन गाउँपालिका जुटेको छ ।

निसीखोलाले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा पनि कृषि र पशुपालनका योजनालाई प्राथमिकतामा राखेको छ ।

विकासले बद्लिएकाे निसिखाेला हेर्नुहाेस्

प्रकाशित मिति : २०८१, १३ श्रावण आइतबार ००:००  १२ : ४४ बजे