२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐतिहासिक विन्दुमा पुग्यो सेयर बजार, सवा १७ अर्वको कारोबार


२०८१, १५ श्रावण मंगलबार ००:००  

56
Shares

काठमाडौं । मंगलबार सेयर बजार २७०० अंकनजिक पुगेको छ । अघिल्लो दिन २०.६३ अंक घटेको बजार मंगलबार भने ३५.५५ अंक बढेको हो ।

सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६९६ अंकमा पुगेको छ । २ : ४० बजे नेप्से २७०९ अंकसम्म पुगेको थियो । कुल १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । १८९ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ५.९९ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ५.९८, हाइड्रोपावर ३.१२, लगानी ३.१५, जीवन बीमा ०.५८, उत्पादन ०.३५, माइक्रोफाइनान्स ०.९८, अन्य ३.५ र विकास बैंक सूचक २.४० प्रतिशत बढे । बैंकिङ ०.७६, व्यापार ०.५७, निर्जीवन बीमा ०.३६ प्रतिशत घटे ।

प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत्, नेपाल वेयरहाउजिङ कम्पनी तथा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । मुक्तिनाथ कृषि कम्पनी ९.८, सगरमाथा जलविद्युत् कम्पनीको ९.४ प्रतिशत मूल्य बढ्यो ।

एसियन हाइड्रोपावरको १०, गणपति लघुवित्तको ६.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, नेपाल फाइनान्स तथा चिलिमे हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : २०८१, १५ श्रावण मंगलबार ००:००  ४ : ११ बजे