२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यका ‘सटडाउन’



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । उपत्यकामा कोरोना संक्रमण बढेसँगै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुसहितको शुक्रबार बसेको बैठकले आगामी दिनको रणनीति तय गरेको हो । संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गरिने छ ।

बैठकले आइतबारदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।उपत्यकामा संक्रमण बढ्दै गएकाले आइतबारदेखि सबै सरकारी तथा निजी कार्यालयका कामहरु नियन्त्रित गर्ने निर्णय गरेको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार बैठकले अत्यावश्यक बाहेक सबै सार्वजनिक कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बैठकले तीनै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र पासपोर्ट वितरण बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले बिहीबारदेखि जोरबिजोरमात्र सवारी साधन सञ्चालन गर्ने निर्णय गरिसकेको छ भने उपत्यकामा बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरिसकेको छ ।

प्रकाशित मिति : २०७७, २३ श्रावण शुक्रबार ००:००  ९ : २० बजे