२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुईवर्ष पुग्नुअघि नै राजीनामा दिन्छु : प्रधानमन्त्री ओली


२०८१, १५ श्रावण मंगलबार ००:००  

154
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार दुई वर्ष चल्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनावसम्म जाने बताए ।

‘यो सरकार मेरो नेतृत्वमा दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु’, गर्छ कि गर्दैन भन्ने कुनै दुविधा नहुने भन्दै प्रधानमन्त्री ओलीले भने,

सरकार ढल्छ कि भनेर नसोच्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि नै सरकार बनेको बताए । ‘मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो । यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो । ढल्ने त के ढलपल पनि हुँदैन ।’

उनले स्थिर र स्थायित्व भएको सरकार भन्दै गतिशील स्थायित्वको पक्षमा रहेको बताए ।

प्रकाशित मिति : २०८१, १५ श्रावण मंगलबार ००:००  ४ : २६ बजे