२०८२, २ असार सोमबार | Mon Jun 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत



बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत प्राप्त गरेका छन् । कूल ११० प्रदेशसभा सदस्यमा लामालाई कांग्रेस (३७) एमाले (२७) गरि ६४ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् ।

बागमती सरकार टिकाउन ५६ प्रदेशसभा सदस्यको समर्थन भए पुग्ने अवस्थामा लामाले ६४ प्रदेशसभा सदस्यको साथ पाएका हुन् ।

प्रदेशसभाको बैठकमा उपस्थित कूल १०३ सदस्य मध्ये उनको विपक्षमा ३५ मत प्राप्त भएको छ भने ३ मत तटस्थमा परेको छ । बैठकमा ७ सांसद अनुपस्थित भए । लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत प्राप्त गरेका हुन् ।

गत साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले ९ गते सपथग्रहण गरेर काम थालेका छन् ।

प्रकाशित मिति : २०८१, १६ श्रावण बुधबार ००:००  ११ : ५२ बजे