२०८१, ३१ भाद्र सोमबार | Mon Sep 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिण भारतमा पहिरो : १५१ जनाकाे मृत्यु



भारतको दक्षिणी राज्य केरलामा मङ्गलबार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५१ पुगेको छ । साथै घाइतेको सङ्ख्या ७० पुगेको स्थानीय प्रहरीले बताएको छ ।

त्यस्तै २०२ जना बेपत्ता भएका छन् । केरलाको वायनाड जिल्लाको मेपाडी क्षेत्रमा बिहान २ बजेतिर कम्तीमा तीन वटा ठूलो पहिरो खसेको थियो । भारी वर्षाको बिचमा पनि उद्धार कार्य जारी छ । प्रभावित क्षेत्रहरूलाई नजिकैको शहर चोरलमालासँग जोड्ने वायनाड जिल्लाको एउटा पुल बगेको छ ।

भारतीय सेनाले प्रभावित क्षेत्रमा मेडिकल टोलीसहित २२५ कर्मचारी तैनाथ गरेको जनाएको छ । उद्धारका लागि भारतीय वायुसेनाका दुई हेलिकोप्टर परिचालन गरिएको छ ।

प्रधानमन्त्री कार्यालयले प्रत्येक मृतकका परिवारलाई दुई लाख भारतीय रुपियाँ (लगभग दुई हजार ३ सय ८९ अमेरिकी डलर) र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपियाँ (करिब ५ सय ९७ डलर) क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

प्रकाशित मिति : २०८१, १६ श्रावण बुधबार ००:००  १२ : १२ बजे