२०८१, १४ कार्तिक बुधबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दलित र महिलालाई आयआर्जमा जोड्दै हुम्लाको ताँजाकोट



हुम्लाको ताँजाकोट गाउँपालिकाले दलित र महिलालाई आयआर्जनमा जोड्ने नीति ल्याएको छ । पालिकाले लक्षित वर्गविशेष कार्यक्रम मार्फत विपन्न नागरिकको आर्थिक अवस्थामा सुधार गर्ने नीति अघि सारेको हो ।

बेरोजगार तथा अवसरबाट बञ्चित विपन्न समुदायलाई सिप सिकाएर व्यवसायसँग जोड्दै उद्यमी बनाएर आत्मनिर्भर बनाउन नीतिगत काम भईरहेको गाउँपालिका अध्यक्ष लालकेश जैसीले अनलाईन सँगबताए । नागरिकको हक, अधिकार आर्थिक समृद्धिका लागि आफुहरुले लडेर ल्याएको संघियताकै जगमा टेकेर आफु गाउँपालिकाको अध्यक्ष हुँदा सबै नागरिकलाई समान हैसियतमा पुराउने गरि योजनावद्ध काम गरिरहेको अध्यक्ष जैसीको दावी छ ।

सिमित स्रोतले असिमित माग र आवश्यकता पुरा गर्नुपर्ने बाध्यताका बीच आधारभुत सेवा सुविधाको सुनिश्चितता र नागरिकलाई उद्यमी र आत्मनिर्भर बनाउने गरी ताँजाकोटले काम गरिरहेको छ ।

गाउँपालिकाले वर्षेनी युवा, महिला तथा दलित समुदायका लागि सिप मुलक तालिम, व्यवसाय गर्नेलाई अनुदानसहित आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा दलित र महिलालाई आयआर्जनसँग जोड्न ताँजाकोटले ५ लाख बजेट विनियोजन गरेको छ ।
ताँजाकोटले लक्षित वर्गको क्षेत्रमा हुम्ला जिल्लामै रचनात्मक काम गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१, १६ श्रावण बुधबार ००:००  १ : २५ बजे