२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरमा हुने सुत्केरीको दर शून्य बनाउँदै बैतडीको शिवनाथ गाउँपालिका 



बैतडीको शिवनाथ गाउँपालिकाले सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी बनाएको छ । गर्भजाँच र सुरक्षित सुत्केरी सेवा तथा पोषणसहितका सचेतनामा जोड दिँदै शिवनाथले सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाएको हो ।

शिवनाथले पूर्ण संस्थागत सुत्केरी, शून्य होम डिलेभरी र पोषणमैत्री पालिकाको नीति अनुसारका काम गरिरहेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए । अध्यक्ष साउदका अनुसार पूर्ण संस्थागत सुत्केरी गाउँपालिका र ० होम डिलेभरी बनाउन ६ वटै वडा भित्र दक्ष जनशक्ति सहितको प्राविधिक सेवा उपलब्ध गराएको छ । त्यसका लागि १८ वटा सुरक्षित प्रसुति केन्द्र स्थापना गरिएको छ ।

गर्भवतीलाई कोशेली कार्यक्रम सञ्चालन गरि पालिका भित्रका ६ वटै वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने लक्ष्य राखिएको छ ।

गर्भवतीलाई घरमै अथवा टोलमै सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ति सेवा मार्फत ३ पटक भिडियो एक्सरे सेवा संचालन गर्ने गरिएको छ ।

पालिकाको पहलमा सञ्चालित स्वास्थ्य, सचेतना र सुरक्षित मातृत्व अभियानले मातृशिशु मृत्युदर र आधारभूत सेवा नपाउँदा भोग्नुपर्ने स्थानीयका समस्या घटेका छन् ।

प्रकाशित मिति : २०८१, १६ श्रावण बुधबार ००:००  २ : १० बजे