२०८१, १४ कार्तिक बुधबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रमसंस्कृतिको विकास गर्दै छायँनाथ रारा



मुगुको छायाँनाथ रारा नगरपालिकाले श्रमसंस्कृतिको विकास गरेको छ । नगरप्रमुख विष्णुकुमार भाम आफैंले नेतृत्व गरेर हरेक शनिवार सार्वजनिक क्षेत्रमा पूर्वाधार विकासका काममा स्थानीयको सहभागिता अभिवृद्धि गर्ने चलन बसाएका हुन् ।

स–साना कामका लागि पनि सरकारको मुख ताक्ने चलन बढेकाले गाउँको विकासमा    जनसहभागिता बढाउने उद्देश्यले शनिवार श्रमदान गर्ने नीति लिइएको नगरप्रमुख भामको भनाई छ । ‘नगरबासी आफैंले स–साना काम गर्न सक्छौं । विकासका काममा सरकारकै बजेट र पहल पर्खेर सम्भव हुँदैन ।’ प्रमुख भामले भने,‘अहिले शनिवार–शनिवार साप्ताहिक रुपमा श्रमदानमा जुट्ने र भोलिका दिनमा हरेक विकासका काममा स्वस्फुर्त जुटने बानीको विकास हुन्छ अनि मात्रै दिगो विकासको लक्ष्यमा पुग्छौं ।’ गाउँका विकासमा उपभोक्ता नै बेखबर हुनेगरी सरकारी आयोजनाहरु सञ्चालन हुनबाट रोक्नुपर्ने नगरप्रमुख भामको भनाई छ ।

नगरप्रमुखको नेतृत्वमा स्थानीयले पहिलो शनिवार नाग्मा गमगढी कर्णाली राजमार्गमा श्रमदान गरेर सार्वजनिक धारा निर्माण गरिएको छ । श्रमदानमा नगर प्रहरी, कर्मचारी, जनप्रतिनिधि स्थानिय व्यक्ति, गाउँका युवाहरुले सहभागिता जनाएका छन् ।

अर्को शनिवार फरक आयोजनामा श्रमदान गरिने नगरपालिकाले जनाएको छ ।

श्रमदान गर्न सहभागिहरुलाई स्थानीयले चिया, खाजा र अन्य आवश्यक सामाग्रीहरु सहयोग गर्ने गरेका छन् ।

प्रकाशित मिति : २०८१, १७ श्रावण बिहीबार ००:००  १२ : ५२ बजे