२०८१, १ चैत्र शनिबार | Sat Mar 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड बैठक अहिले जारी छ । केही प्राविधिक समस्या नआए आजै नतिजा आउने बोर्डले जनाएको छ ।

प्राविधिक समस्या वा भइपरी आएमा आइतबार भित्र नतिजा सार्वजनिक हुने बुझिएको छ ।

वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए ।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् ।

प्रकाशित मिति : २०८१, १८ श्रावण शुक्रबार ००:००  ११ : ३२ बजे