२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महालक्ष्मीमा विद्यार्थी अनुपातमा दरबन्दि मिलान, आवश्यकताका आधारमा पूर्वाधार विकास



धनकुटाको महालक्ष्मी नगरपालिकाले शैक्षिक विकास र गुणस्तर सुधारमा नीतिगत पहल थालेको छ । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउने र गाउँकै विद्यालयमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले महालक्ष्मीले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर दिर्घकालिन महत्व राख्ने काम गरेको हो ।

विगतमा सुरु भएका असल अभ्यासलाई निरन्तरता दिँदै वर्तमान जनप्रतितिधिले महालक्ष्मीको शैक्षिक विकास र गुणस्तर सुधारमा आशातित् काम गरिरहेका छन् ।

२ वर्षअघि सम्म महालक्ष्मीमा ५३ वटा सामुदायिक विद्यालय थिए । विद्यार्थी कम भएका ६ वटा विद्यालय नगरपालिकाले मर्ज गरेको छ ।

विद्यार्थी अनुपातमा शिक्षक व्यवस्थापन, आवश्कता अनुसार विद्यालयका भवन र अन्य पूर्वाधार विकास, विद्यार्थी संख्या कम भएका र समुदायको रायका आधारमा विद्यालय मर्जसहितका काम भएका छन् ।

शैक्षिक कार्ययोजना बनाएर विद्यार्थी भर्नादेखि परीक्षाप्रणालीमा सुधारसम्मका काम गर्दै विश्वमा प्रतिस्पर्धा गर्ने जनशक्ति महालक्ष्मीमै उत्पादन गर्नेगरी काम भईरहेको नगरप्रमुख ध्रुवराज रायाले बताए । वडाअध्यक्ष हुँदा अघिल्लो कार्यकालयमा कार्यपालिकामा बसेर काम गरेको र शैक्षिक विकासको खाका बोकेर जिम्मेवारीमा आएकाले पनि देखिनेगरी काम गर्न लागि परेको नगरप्रमुख रायाको भनाई छ ।

धनकुटाको दुर्गम क्षेत्रमा पर्ने महालक्ष्मी नगरपालिका भित्रको शैक्षिक गुणस्तर विगत भन्दा सुधारोन्मुख छ ।

स्थानीय सरकारको नेतृत्व गरेपछि शिक्षा क्षेत्रका समस्याहरु घटेको सरोकारवालाहरु बताउँछन् ।

प्रकाशित मिति : २०८१, २० श्रावण आइतबार ००:००  ३ : ३१ बजे