विश्वमा संचार माध्यमको विकास क्रमलाई हेर्ने हो भने विद्युतीय चुम्बकीय तरंगको सिद्धान्तको प्रतिपादन सन् १८६० मा भए पनि रेडियोको प्रसारण भने सन् १९१९ देखि भएको हो । अमेरिकाको पिटसवर्ग सहरमा वेष्टिङ हाउस कम्पनीले विश्वमा नै पहिलो पटक व्यवसायिक रेडियो प्रशारण सुरु गरेको थियो । साथै विश्वमा सन् १९२० को दशकमा टेलिभिजनको विकास भएको हो । सन् १९३६ मा बिबिसीले नियमित प्रसारण शुरु गरेको लामो समय पछि नेपालमा २००७ सालको मंसिर २ गते बिहान ८ः३० बजे रेडियो र विसं २०४१ साल माघ १७ गते टेलिभिजनको शुरुवात भयो । तत्कालिन समयमा विकासले ओझेल परेको नेपाल भौगोलिक विकटता साथै विभिन्न व्यवस्था परिवर्तनमा नेपालमा मिडियाको महत्वपुर्ण भुमिका रहेको छ ।
वि सं २०४६ सालको जन आन्दोलन, २०५२ साल पछिको माओवादी जनयूद्ध लगायतका मुलुकमा भएका महत्वपुर्ण घटनाक्रम, सुचना तथा सन्देशको रुपमा आम नागरिकमाझ पु¥याउन एवम् पहरेदारका रुपमा नेपाली संचार जगतले आफुलाई उभ्यायो । नेपालमा प्रजातन्त्र पुनःस्र्थापना र त्यसपछि भएका विभिन्न परिवर्तनिय घटनाक्रमहरुको जगमा प्रेस स्वतन्त्रताको वातावरण बन्दै गएसंगै खुलेका संचार माध्यमहरुले देशको समग्र घटनाक्रममा आधारित सुचना सम्प्रेषण गर्दै नागरिकको आवाज बोलिदिने भरपर्दो माध्यम बनेर नेपाली समाजको पहरेदारीको भुमिका निर्वाह गर्यो ।
कुनै समय थियो, बिहानीको मिर्मिरेसँगै देश विदेशका समाचारहरु रेडियो, टेलिभिजन र पत्रपत्रिकामा आउँथे, चिया पसल र चौतारीमा रेडियो, टेलिभिजन र पत्रिकामा आएका समाचारहरुमा मान्छेहरु गफिन्थे । तर इन्टरनेटको विकास र नेपालमा पनि यसको विस्तार हुन थालेसंगै सुचना सम्प्रेषण र सुचना प्राप्ती प्रविधिमय हुन थाल्यो । अहिले लगभग पुरा सञ्चार क्षेत्र प्रविधिद्धारा निर्दिष्ट छ । त्यो समय र परिस्थिती अहिले फेरीएको छ । सबैको हातहातमा स्मार्ट फोनहरु छन्, घरघरमा टेलिभिजन र ल्यापटपहरु छन् । समाचार तथा खबरहरु पाउनका लागि कुनै निश्चित समय र माध्यममा निर्भर हुनुपर्ने नेपाली समाजको अवस्था अहिले पुरै बदलिएको छ ।
अहिलेको नेपाली समाज नयाँ मिडिया तिर आकर्षित भएको छ । नेपाली समाजमा हरेक नागरिहरुको ब्रोडकाष्ट मिडिया अन्र्तगतका रेडियो, टेलिभिजन भन्दा पनि ईन्टरनेटको माध्यम मार्फत संचालन हुने विभिन्न अनलाईन पोर्टल तथा सोसल मिडियामा आर्कषण बढ्न थालेको छ ।
हाल नेपालको कुल जनसंख्याको करिब ७२ प्रतिशत मानिसहरु इन्टरनेटको पहुँचमा रहेको नेपाल दुरसंचार प्रधिकरणको तथ्याङ्क छ। संसारभर ईन्टरनेट प्रविधिको विकास भएसंगै आज विश्व एउटै समाज बनेको छ । विगतमा कुनै सुचना पाउनकै लागि अथवा कुनै समाचार सुन्नकै लागि वा थाहा पाउनैका लागि रेडियो, टेलिभिजन र पत्रपत्रीका कुर्ने वर्ग अहिले सामाजिक संजाल मार्फत मिनेट भरमै जानकारी प्राप्त गर्न सक्ने भएको छ । आम नागरिकले महिनौ लगाएर एक ठाउँबाट अर्को ठाउँमा पठाउने चिठ्ठी अहिले ईन्टरनेट मार्फत सेकेन्ड भरमै पुग्न थाल्यो । भिडियो कल मार्फत सहजै सुचना आदान प्रदान हुन थाल्यो ।
गाउँ गाउँमा ईन्टरनेट पुगेसंगै आज अध्ययन गर्नको लागि विद्यार्थीको गुरु बनेको छ, गुगल । शिक्षा तथा मनोरञ्जन दिने माध्यम टिकटक,फेसबुक,ईन्स्टाग्राम, एक्स लगायत नयाँ मिडियाहरु बनेका छन । एक जमना थियो गाउँमा लुकेका प्रतिभाबारेको सुचनालाई रेडियो,टेलिभिजन र पत्रीका बाट प्रकाशन एवम् प्रशारण भएपछि मात्रै आम मानिसले थाहा पाउँथे । तर अहिले डिजिटल मिडीयाहरुको विकास भएसंगै दुर दराजका लुकेका प्रतिभाहरुले विभिन्न नयाँ मिडिया मार्फत आफ्नो प्रतिभालाई देश तथा विदेश माझ चिनाएर करियर स्थापित गरेका छन् त कतिले मनग्गे आम्दानी गरिरहेका छन् । ईन्टरनेटको माध्यम मार्फत संचालन भएका (नयाँ मिडीयाहरु) अनलाईन लगायतका संचार माध्यमहरुले पलपलको ताजा जानकारी समय समयमा दिईरहने हुँदा श्रोता, दर्शक तथा पाठकहरुको नयाँ मिडियामा आर्कषण बढेको हो । त्यसो त नयाँ मिडियामा चुनौती छैनन् भन्न खोजेको हैन । कतिपय पाठक तथा र्दशकमाझ समाचार छिटो दिने होडमा आफ्नो धैर्यता गुमाउँदा नयाँ मिडियाहरुले पनि गलत समचार सम्पे्रषण गरेका धेरै उदाहरणहरु छन् । सोसल मिडिया मार्फत थुपै अपराधिक गतिबिधिहरु पनि भएको छ । तर कुनै पनि प्रविधि न पुर्ण रुपमा न त बरदान हुन सक्छ न त अभिसाप नै । समग्रमा हेर्दा स्मार्ट फोन, कम्प्युटर र ईन्टरनेटका कारण सुचना, शिक्षा, मनोरञ्जन साथै अडियो भिडियो सहित आफ्नो समयानुकल हेर्न, पढ्न र सुन्न सकिने भएपछि नेपाली समाजमा नयाँ मिडियाको आकर्षण बढ्दै गएको छ ।