२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडिगाडमा वर्षाको वितण्डा : पहिरोमा पुरिएर १ युवाको मृत्यु

सतर्क रहन पालिका अध्यक्षको अपिल



बाग्लुङको बडिगाडमा वर्षाले वितण्डा मच्चाएको छ । आईतबार देखिको निरन्तरको बर्षाले बडिगाड गाउँपालिका भित्र ठुलो क्षति गरेको हो ।

बडिगाड गाउँपालिका वडा नं. ९, बल्घास, नयाँ बस्तीमा घर पछाडी पहिरो जादाँ पुरिएर १५ बर्षिय बिद्यान परियारको मृत्यु भएको छ । उनको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

बडिगाड गाउँपालिका वडा न. १० मा समेत पहिरोले क्षति गरेको छ । दर्लिङमा ३ घर पुरिएका छन् । पालिकाका अन्य स्थानमा समेत बाढी पहिरोको जोखिम बढेको छ । पहिराेकाे सामना गरेका स्थानीय विचल्लीमा छन् । केही घाइते भएका छन् ।

पहिराेका कारण बडिगाडका ग्रामिण सडकहरु अवरुद्ध बनेका छन् ।

विपद् बढेपछि उद्धार र राहतमा जनप्रतिनिधि, नगरप्रहरी, नेपाली सेना र नेपाल प्रहरीसहित स्थानीय जुटेका छन् ।

वर्षाले समस्या निम्त्याउन थालेपछि गाउँपालिका अध्यक्ष गण्डकी थापाले सतर्कता अपनाउन अपिल गरेकी छन् । जोखिम युक्त क्षेत्रमा आवत जावत नगर्न, सुरक्षित स्थानमा बस्न र विपद्का बेला आपसमा हात्तेमालो गर्न अध्यक्ष थापाले स्थानीयलाई अपिल गरेकी हुन् ।

वर्षाका कारण बाढी पहिरोले देशैभर क्षति गर्न थालेसँगै सरकारले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१, २२ श्रावण मंगलबार ००:००  २ : ३५ बजे