२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । शुक्रबार पर्साका ३ जना, सिराहाका १ जना र सर्लाहीका १ जना गरी एकैदिन ५ जनाको ज्यान गएसँगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं ९ का ४५ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचापका बिरामी रहेका उनको बिहीबार पाटन अस्पतालमा मृत्यु भएको थियो । यस्तै पर्साकै वीरगञ्ज महानगरपालिका वडा नं ११ का ७९ बर्षिय पुरुषको पनि २० गते राती आफ्नै घरमा मृत्यु भएको हो । यस्तै वडा नं ११ कै ५७ बर्षका २२ बर्षका पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मुटु मधुमेह र उच्च रक्तचापका विरामी रहेका उनको गण्डक अस्थायी कोभीड अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्यु पश्चात् रिपोर्ट पाजेटिभ आएको हो ।

यसतै सिराहाको गोलबजार नगरपालिका वडा नं १२ का २५ बर्षिय पुरुषको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ । मृगौलाको डायलासिस गराइरहेका उनको बिहीबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । र सर्लाहीको बसनतपुरका ४५ बर्षिय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, २३ श्रावण शुक्रबार ००:००  ११ : २२ बजे