२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा ७ हजार ९ सय २६ जनाको पिसीआर परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको जनाकारी दिए । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

गौतमका अनुसार, काठमाडौं उपत्यकाको तीन जिल्लामा १०६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका चार जनामा संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा एकैदिन सयभन्दा बढी संक्रमित देखिएको यो पहिलो पटक हो ।
यस्तै, शुक्रबार थप ४२५ जना कोरोना भाइरस संक्रमितहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १५ हजार ८१४ पुगेको छ ।

प्रकाशित मिति : २०७७, २३ श्रावण शुक्रबार ००:००  ११ : ३० बजे