२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशीका सांसद बुद्धिकुमार राजभण्डारी जुवा खालबाट पक्राउ



काठमाडौंमा जुवातास खेलेको आरोपमा कोशीका प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीसहित ११ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, ठूला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् ।

उनीहरुलाई शनिबार साँझ सवा ६ बजेतिर काठमाडौं महानगरपालिका–८ गौरीघाटबाट पक्राउ गरिएको हो । उनीहरुबाट १ लाख ५० हजार र १६ बुक तास बरामद गरिएको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले प्रहरी वृत्त गौशालामा राखेको छ । उनीहरु सबै राजु महतको कोठाबाट पक्राउ परेका हुन् ।

जुवा खालबाट पक्राउ परेका एमाले नेता राजभण्डारी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका विश्वासपात्र हुन् । कार्की नेतृत्वको सरकारमा यसअघि राजभण्डारी मन्त्री बनेका थिए ।

प्रकाशित मिति : २०८१, २८ श्रावण सोमबार ००:००  ११ : २६ बजे