२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन प्रवर्द्धन गर्न होमस्टेसहितको थारु भिलेज बनाउँदै गढी गाउँपालिका



सुनसरीको गढी गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि होमस्टेसहितको थारु भिलेज बनाइने भएको छ । पालिकाको १३ औं गाउसभाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पालिका भित्रका सम्भावित पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गर्ने र पर्यटकको आकर्षणका लागि थारु होमस्टे तथा थारु भिलेज निर्माण गर्ने नीति पास गरेको हो ।

पर्यटन विकासका लागि थारु होमस्टे तथा थारु भिलेज निर्माणका लागि संघ र प्रदेश सरकारसँग सहकार्य गर्ने र लगानीमैत्री वातावरण बनाएर नीजी क्षेत्रलाई पर्यटन व्यवसाय सञ्चालनका लागि आवहन गर्ने चालु आ.व को नीति तथा कार्यक्रममा उल्लेख छ ।

काली मन्दिर, फौदारथान मन्दिर, डिगियाथान लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, गढदेव बुद्ध पर्यटकिय धार्मीक वनलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने, पालिका भित्रका पर्यटकीय क्षेत्रको पहिचान, विकास र प्रवद्र्धन गर्दै पर्यटन पूर्वाधार विकासका लागि जलाधार, सिमसार पानीका मुहान संरक्षण गर्ने, प्राकृतिक सांस्कृतिक जैविक तथा कृषि परम्परागत शैली, मनोरन्तजन हावापानी अनुकुल बनाउँदै सडक, होमस्टे, भोजन तथा जलपान गृह निर्माण गरेर पर्यटन प्रवद्र्धनमा केन्द्रित थप कार्यक्रम ल्याउने गाउँपालिकाको योजना छ ।

पूर्वाधार विकासलाई पर्यटनसँग जोड्ने र स्थानीय नागरिकलाई पर्यटन मैत्री व्यवसायमा संलग्न गराएर आत्मनिर्भर बनाउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष आश नारायण चौधरीले बताए । थारुको पहिचान, भोजन र रहनसहन हेर्न आन्तरिक तथा बाह्य पर्यटकलाई निम्तो गर्नेगरी गढीको पर्यटन विकास गरिने अध्यक्ष चौधरीको भनाई छ ।

विराटनगरबाट नजिकैको दुरीमा पर्ने गढी गाउँपालिका मौलिक पहिचानसहित पर्यटनको प्रचुर सम्भावना बोकेको पालिका हो । स्थानीय सरकारको सकृयतामा पूर्वाधार विकासका कामले गतिलिएसँगै गढीको पर्यटन प्रवद्र्धन हुन थालेको छ ।

प्रकाशित मिति : २०८१, २८ श्रावण सोमबार ००:००  ३ : २२ बजे