२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको हाँडीगाउँ क्षेत्र सिल



काठमाडौं । काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । गहना पोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलका आठ जनालाई कोरोना संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् । त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि कन्ट्रयाक ट्रेसिङका आधारमा प्रहरीका परिवारमा गरिएको परिक्षणमा थप चार जनामा कोरोना देखिएको थियो ।

संक्रमित फेला परेपछि प्रारम्भिक चरणमा टोल सिल गरिएको र थप बैठक बसेर निर्णय गरिने वडा नं. ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २४ श्रावण शनिबार ००:००  १० : ०९ बजे