
काठमाडौँ । नेपालमा शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ७८८ पिसिआर परीक्षण गर्दा ३७८ जना संक्रमित थपिएका हुन् । जसमध्ये ललितपुरमा ३ जना, भक्तपुरमा ३ र काठमाडौंमा ५६ रहेका छन् । योसँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ५९२ पुगेको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ६ हजार २०६ जना आइसोलेशनमा रहेको बताए । देशरभ क्वारेन्टिनमा रहेकाको सङ्ख्या १० हजार ७९२ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ३१३ उपचारपछि निको भएका छन् ।