२०८१, ६ माघ आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरमा अरिँगालले टाेकेर एकजनाको मृत्यु



मकवानपुरमा अरिँगालले टाेकेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ५ छापडाँडाका ३२ वर्षीय सुमन गोले रहेका छन् ।

उनको बिहीबार बिहान मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरदेखि १ किलाेमिटर दक्षिणमा रहेको छिमेकीको बारीमा काम गर्ने क्रममा बुधबार उनलाई अरिँगालले टोकेर घाइते बनाएको थियो ।

घाइते गोलेलाई उपचारका लागि काठमाडाैंको फर्फिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पताल लगिएको थियो । उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१, ३१ श्रावण बिहीबार ००:००  १ : ०७ बजे