२०८३, १ आश्विन बिहिबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वच्छ पानीको सुनिश्चितता गर्दै तमानखोला



बागलुङको तमानखोला गाउँपालिकाले नागरिकका लागि घरघरमा स्वच्छ पानीको सुनिश्चितता गराएको छ । ६ वडामा २७ वटा बस्ति रहेको तमानखोलाका टाढा रहेका घरमा एक घर एक धारा र एकिकृत बस्तिमा सामुहिक प्रयोगको लागि व्यवस्थित धारा निर्माण गरेर नागरिकलाई स्वच्छ पानीको सुनिश्चितता गराएको हो ।

विगतमा कुवा पँधेराको पानी बोकेर खानुपर्ने अवस्था सुधार गर्दै घरघरमा धारा पुर्याइएको छ । तमानखोलामा एकघरएक धाराको अभियानले पूर्णता पाएसँगै नागरिकले स्वच्छ पानी पिउन पाएको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए । केही ठाउँमा थप खानेपानी आयोजना मर्मत र विस्तारको काम भईरहेको छ ।

स्थानीय सरकारको सकृयतामा खानेपानी आयोजना निर्माण भएर सहज रुपमा स्वच्छ पानी पिउन पाएपछि स्थानीय खुसी भएका छन् ।

तमानोलामा विगतमा खानेपानीको निकै समस्या थियो ।

प्रकाशित मिति : २०८१, ३१ श्रावण बिहिबार ००:००  ३ : १९ बजे