२०८१, ९ माघ बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरेमा अस्थायी बेलिब्रिज बनाउन सांसद रामहरि खतिवडाको पहल, यसरी बन्दैछ बेलिब्रिज (भिडियाे)

जडान र ढुवानी गर्न प्रदेश सरकारलाई जिम्मा, पुल बनेपछि बेलिब्रीज फिर्ता गर्ने समझदारी



ओखलढुंगाको पहिरे खोलामा अस्थायी बेलिब्रीज बनाउन सांसद रामहरि खतिवडाले पहल गरेका छन् । पहिरेको बाढीले सडक बगाएपछि सदरमुकाबाट जिल्लाका ५ वटा पालिका जोड्ने रामपुर–ओखलढुंगा सडक अवरुद्ध भएपछि सांसद खतिवडाले अस्थायी बेलिब्रीज राख्न पहल गरेका हुन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल समक्ष अस्थायी बेलिब्रीजको खोजि गरेर ओखलढुंगा पठाइदिन आग्रह गरेका छन् । सभापति खतिवडाको आग्रह अनुसार मन्त्रालयले केही समयका लागि यातायात व्यवस्था विभाग मार्फत बेलिब्रीज पठाइदिने भएको छ ।

शुक्रबार मन्त्री दाहाल र सभापति खतिवडाको भेटमा प्रदेश सरकारले ढुवानी र जडानको काम गर्नेगरी विभागले बेलिब्रीजको व्यवस्था गरिदिने विषयमा सहमति भएको छ ।

तत्काल प्रकृया अघि बढाएर १ महिना भित्र पहिरेमा बेलिब्रीज जडान गरिने र ठेक्का लागेर पुल बनिसकेपछि बेलिब्रीज निकालेर फिर्ता गरिने खतिवडाले बताए ।

केहीदिन यता पहिरे खोलाले सडक बगाउँदा आवतजावत ठप्प छ ।

पहिरे खोलाे ओखलढुंगाका राजनीतिक दलको चुनावी एजेन्डा बन्छ तर पुल बन्दैन । २०६४ यताका हरेक चुनावमा उम्मेदवारले पहिरेको पुललाई चुनावी मसला बनाए । तर निर्वाचित भएपछि पुल बनाएनन् ।

ओखलढुंगाबासी पहिरेको पिरलोमा छन् ।

कसरी बन्दैछ पहिरेमा बेलिब्रिज ? यसाे भन्छन् नेता भिडियाेमा हेर्नुहाेस्

प्रकाशित मिति : २०८१, ३२ श्रावण शुक्रबार ००:००  १ : ३९ बजे