रसुवाको नौकुण्ड गाउँपालिकालाई खाद्यन्न, तरकारी, मासु र दुधमा आत्मनिर्भर बनाउने अभियान थालिएको छ । कृषि र पशुपालन मार्फत किसानको उन्नति र पालिकाको समृद्धि खोजेको नौकुण्डले परम्परागत निर्वाहमुखी खेति प्रणालीलाई सुधार गर्दै पालिकालाई खाद्यन्न, तरकारी, मासु र दुधमा आत्मनिर्भर बनाउने र त्यसैबाट किसानलाई आत्मनिर्भर बनाउने नीति अघि सारेको हो ।
चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा आर्थिक विकासको मुल नितिमा कृषि तथा पशुपालन विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । नौकुण्डले कृषि क्षेत्रलाई उत्पादनशिल, व्यवसायिक एवं प्रतिस्पर्धी बनाउन आवश्यक अनुदान तथा पकेट क्षेत्र विशेष कार्यक्रम ल्याएको हो ।
नौकुण्डमा एक गाउँ एक उत्पादन, पकेट क्षेत्रमा व्यावसायिक तरकारी, एक घर एक करेसाबारी, एक वटा एक तरकारी नर्सरी जस्ता कार्यक्रम सञ्चालनमा छन् ।
सिंचाईको सुविधा नपुगेका ठाँउमा सिंचाई पुर्याउने, कृषकलाई तालिम दिएर आधुनिक कृषि अभियानमा जोड्ने, वडा वडामा रैथानेबाली तथा फलफुल र तरकारीको पकेट क्षेत्र विस्तार गर्ने र किसानलाई मल, बिउ, विषाधीसहित आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने र उत्पादनका आधारमा अनुदान दिएर कृषि पेशामा आकर्षण बनाइ कृषि माफर्त नै आर्थिक रुपमा सम्पन्न बनाइने गाउँपालिक अध्यक्ष नुर्वु स्याङवो घलेले बताए । पालिकालाई पहिला खाद्यसामाग्री, तरकारी, मासु र दुधमा आत्मनिर्भर बनाउने र पालिका भित्र खपत नभएको उत्पादनलाई स्थानीय तहले नै ब्राण्डिङ र बजारीकरण गर्ने अध्यक्ष घलेको भनाई छ ।
नौकुण्ड गाउँपालिकाले व्यवसायिक र सामुहित कृषि तथा पशुपालनमा जोड दिएको छ ।
चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा कृषिका याेजना हेर्नुहाेस्