२०८२, १ असार आइतबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोजगार रणनीति बनाउँदै स्वर्गद्धारी नगरपालिका



प्युठानको स्वर्गद्धारी नगरपालिकाले रोजगार रणनीति बनाउने भएको छ । बेरोजगारी समस्या समाधान र गरिबी उन्मूलन गर्दै नागरिकलाई स्वरोजगार र आत्मनिर्भर बनाउन नगरपालिकाले स्थानीय रोजगार रणनीति बनाउने भएको हो ।

बेरोजगार युवालाई न्यूनतम रोजगारी प्रदान गर्न, उत्पादनशील क्षेत्रमा युवालाई परिचालन गर्न, सीप मार्फत स्वरोजगारमुलक कार्यक्रम ल्याउन र स्थानीय स्तरमै पेशा व्यवसाय मार्फत नागरिकको आयस्रोत बढाउने र जिविकोपार्जनमा टेवा पुग्ने गरी रोजगार रणनिति तयार गरिने नगरप्रमुख टेकप्रसाद भण्डारीले बताए । नगरपालिकाले अनुत्पादक क्षेत्रको लगानी घटाएर उत्पादन मुलक कार्यक्रममा लगानी बढाइरहेको उनको भनाई छ ।

रोजगार नीतिमा कृषिको आधुनिकिकरण, व्यवसायिककरण र स्थानीय अन्य सम्भावनाको खोजिको विषय समेटिने छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको १८ नम्बरमा रोजगार रणनिति बनाउने र आगामी वर्षदेखि लागू गरिने उल्लेख छ ।

स्थानीय तहले रोजगार रणनीति बनाउँदा स्थानीय अवसरको पहिचान गर्ने, माग र आवश्यकताका आधारमा श्रम बजारको नीति बमोजिम कार्यक्रम तथा बजेट निर्माण र कार्यान्वयन गर्ने, रोजगारी सिर्जना, उद्यमशिलता प्रवद्र्धन, स्वरोजगारी, एकिकृत श्रम र रोजगारमूलक सेवा प्रवाह जस्ता विषय समेट्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : २०८१, १ भाद्र शनिबार ००:००  २ : ११ बजे