२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार नबिन धमलालाई ‘सकृय युवा पत्रकारिता अवार्ड’



पत्रकार नबिन धमलाले ‘ग्यालेक्सी एक्सिलेन्सी सकृय युवा पत्रकारिता अवार्ड’ पाएका छन् । १ दशक भन्दा लामो समय देखि पत्रकारितामा सकृय युवा पत्रकार धमलालाई ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ हस्तान्तरण कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले अवार्ड हस्तान्तरणसहित सम्मान गरेका हुन् ।

विभिन्न संचारमाध्यममा आफ्नो अब्बल क्षमता प्रस्तुत गर्दै बिगत ६ बर्ष देखि प्राईम टाईम्स टेलिभिजनबाट हरेक बिहिबार साँझ ६ः३० बजे प्रसारण हुँदैआएको लोकप्रिय कार्यक्रम स्थानिय जनसरोकार मार्फत गाउँपालिका अध्यक्ष, मेयर, मन्त्री र मुख्य मन्त्रीहरुलाई संघियताको अभ्यास र यसको प्रभावकारीताका विषयमा नागरिकहरुको आवाजको प्रतिनिधित्व गर्दै दरो र खरो प्रश्न राख्ने उर्जाशिल युवा पत्रकार धमलालाई यस वर्षको युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको आयोजक निकिला मिडिया नेटवर्क तथा भवानी इन्टरटेनमेन्टले जनाएको छ ।

पत्रकार धमला राष्ट्रिय डिजिटल मिडिया अनलाइन सरोकारका सम्पादक हुन् ।

प्रकाशित मिति : २०८१, १ भाद्र शनिबार ००:००  ५ : ५७ बजे