२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । शनिबार राति पोखरामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुषको राति करिब ११ बजे मृत्यु भएको हो ।

ती पुरुषमा गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक पुरुष मधुमेहका रोगी समेत रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो तेस्रो घटना हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

प्रकाशित मिति : २०७७, २५ श्रावण आइतबार ००:००  ३ : ३८ बजे