२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यमा गोकर्णेश्वरका मेयर र सुशासनमा मरिणका अध्यक्षलाई ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’



उत्कृष्ट स्वास्थ्य सेवा दिने गोकर्णेश्वरका मेयर र सुशासनमा अब्बल काम गर्ने मरिणका अध्यक्षलाई ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको छ । देशभरका ७३५ स्थानीय तह मध्ये स्वास्थ्य क्षेत्रको उल्लेख्य सुधारमा गरेका काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल र वित्तीय सुशासनमा अब्बल काम गर्ने सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तान (प्रख्यात) लाई यसवर्षको ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको हो ।

हरेक वर्ष देशभर उत्कृष्ट काम गर्ने व्यक्ति र संस्थालाई प्रदान गरिने यो अवार्ड यसवर्ष देशभरका स्थानीय तहमध्ये गोकर्णेश्रका नगरप्रमुख र मरिणका अध्यक्षले प्राप्त गर्न सफल भएका छन् । ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ वितरण कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले मेयर रिसाल र अध्यक्ष मुक्तानलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।

स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौंको गोकणेश्वर नगरपालिकामा निर्वाचित मेयर दिपक कुमार रिसारलको सकृयतामा स्वास्थ्य क्षेत्र सुधारमा उल्लेखनीय कार्य गरेबापत देशभरका ७५३ स्थानिय सरकारमध्ये उत्कृष्ट ठहरिँदै मेयर रिसालले २०८० सालमा स्वास्थ्य मन्त्रालयबाट हेल्थ अवार्ड पाएका थिए ।

गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य सम्बद्ध दुरगामी र महत्वाकांक्षी योजना निर्माण र कार्यान्वयन गरिरहेको छ । नगरलाई सबल र सक्षम बनाउने मिसन–भिजन लिएर अघि बढेका मेयर रिसालकै पहलमा नगरबासीलाई नगरभित्रका अस्पतालमा निःशुल्क चेकजाँच तथा सशुल्क उपचार, ‘छोरीहरुले नर्सिङ शिक्षा पढ्न चाहेमा ५० प्रतिशत छात्रवृत्ति, ४० हजार भन्दा बढि नगरबासिहरुको निःशुल्क स्वास्थ्य बिमा गर्ने र बिरामीको उपचार गर्ने तथा नागरिक स्वस्थ राख्न अन्य उपायहरु अपनाउने गरी गर्भावस्था देखि वृद्धावस्था सम्मलाई लक्षित गरेर स्वास्थ्यका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

गोकर्णेश्वरले स्वास्थ्य र खेलकुद जोडेर २ बर्ष भित्रै अन्तराष्ट्रिय स्तरको खेलकुद कबड हल निर्माण गरिसकेको छ ।

स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट काम गरेका मेयर रिसाल नगरबासी माझ निकै लोकप्रिय छन् । उनले अघि सारेको स्वास्थ्य नीति अन्य स्थानीय तहले पनि सिको गर्न थालेका छन् ।

त्यस्तै सिन्धुलीको मरिण गाउँपालिका अध्यक्ष विमर्स मुक्तान (प्रख्यात) ले  २०७४ सालको निर्वाचनमा मरिण ३ को वडा अध्यक्ष हुदै २०७९ मा मरिण गाउँपालिका अध्यक्षमा भारी मतले निर्वाचित भएर समग्र मरिणको समृद्धिमा काम गरिरहेका छन् । मरिण गाउँपालिकालाई वित्तीय सुशासन जोखिम मूल्यांकनमा ९७.५ (सर्वोत्कृष्ट) अङ्क प्राप्त गरी न्यून वित्तीय जोखिम दर्ज गराउन सफल मुक्तानले आफ्नो पालिकालाई स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ९४.७५ (सर्वोत्कृष्ट) अंक प्राप्त गरी सुशासनको मामिलामा अब्बल सावित गराएका छन् । सुशासन मैत्री गुणस्तरीय सेवा प्रवाह गदै देश भरका गाउँपालिका मध्य उत्कृष्ट ठहरिँदै अध्यक्ष मुक्तानले यस वर्षको ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ प्राप्त गरेका छन् ।

आयोजक निकिला मिडिया नेटवर्क तथा भवानी इन्टरटेनमेन्टले वर्षेनी देशभरका उत्कृष्ट काम गर्ने व्यक्तिलाई ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१, २ भाद्र आइतबार ००:००  ९ : ३० बजे