२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारी दुर्घटनामा गाउँपालिका उपाध्यक्षको मृत्यु



हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्र सिंह कार्कीको मृत्यु भएको छ । सोमबार सवारी दुर्घटनामा परेका उनको उपचारको क्रममा मंगलबार बिहान २ बजे नेपालगञ्जमा मृत्यु भएको हो ।

उपाध्यक्ष सवार कर्णाली प्रदेश–२–००१ ख १०११ नम्बरको हायस माइक्रो सुर्खेतबाट नेपालगञ्ज जाँदै गर्दा भेरीगंगा नगरपालिका वडा नम्बर ५ मा दुर्घटनामा परेको थियो ।  दुर्घटनामा उनीसहित १४ जना घाइते भएका थिए। उनीहरूको अवस्था सामान्य रहेको सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले जानकारी दिए ।

मृतक कार्की नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई उपाध्यक्ष निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामाका श्रीमान हुन् ।

प्रकाशित मिति : २०८१, ४ भाद्र मंगलबार ००:००  ३ : २३ बजे