२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुमा बाढीले पुल बगायो, फड्के तर्दा भक्तजन खोलामा खसे



मुगुमा बाढीले पुल बगाएको छ । छायाँनाथ रारा नगरपालिका–१ अल्का साँघु क्षेत्रमा रहेको काठको लिप्टो (फड्के) बाढीले बगाएको हो ।

नगरपालिकाले सवारी समेत आवागमन हुनेगरी काठको पुल बनाएको थियो । उक्त पुल बाढीले बगाएपछि स्थानीयलाई आवत जावतमा समस्या भएको छ ।

जनैपूर्णीमा र छायाँनाथ धाममा लाग्ने मेलाकै समयमा बाढीले पुल बगाएपछि तत्कालका लागि फड्के हालिएको थियो ।
उक्त फड्केबाट सोमबार छायाँनाथ धाम पुगेर फर्किएका भक्तजनहरु फड्के तर्दा खोलामा खसेका छन् ।

कार्मारोङ गाउँपालिका हुदै तिब्बती नाका जोड्ने नाक्चेलाक्ना सडक खण्डको अल्का सागु भएर खोला तर्ने क्रममा स्थानीय सपना मल्ल, सक्ली शाही, नन्द राज मल्ल, धर्म राज बिक, बिष्णा बिक, सञ्जु बिक, पिउली सरा बिक लगाएत आधादर्जन बढीलाई खोलामा खसेका छन् ।

खोलामा खसेका मानिसलाई छायाँनाथ राराका नगरप्रहरी र स्थानीयले उद्धार गरेका थिए । उनीहरु छाँयानाथ नगरपालिका वडा १ र वडा ३ का स्थानीय थिए । हाल उनीहरुको जिल्ला अस्पताल मुगुमा उपचार भैइरहेको छ ।

उक्त स्थानमा ८ करोडको लागमा पक्कि मोटरेवल पुल निर्माणाधिन अवस्थामा रहेको र अस्थायी रुपमा बनाइएको काठको पुल बाढीले बगाउँदा समस्या भएको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले बताए । पुल निर्माण सम्पन्न गराउन आफुले पहल गरिरहेको उनको भनाई छ ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै निर्माण सम्पन्न भैसक्नु पर्ने पुल बन्न नसक्दा स्थानीयले दुःख पाईरहेका छन् ।

प्रकाशित मिति : २०८१, ४ भाद्र मंगलबार ००:००  ४ : ०७ बजे