२०८१, २२ भाद्र शनिबार | Sat Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकासले बद्लिँदै धनकुटाको चानुवा (भिडियाे)



संघियतापछि जनप्रतिनिधिको सकृयतामा भएको विकासले धनकुटाको विकट गाउँ चानुवा बदलिएको छ । साविकको चानुवा गाविस संघियतापछि महालक्ष्मी नगरपालिकाको वडा नम्बर ४ बनेको छ । विगतमा दुर्गम चानुवाका गाउँटोलहरु गाउँमा विकास बढेसँगै सुगम बन्न थालेका हुन् ।

खानपानीको चरम संकट रहेको चानुवामा स्थानीय जनप्रतिनिधिको पहलमा लिफ्ट मार्फत पानी तानेर नागरिकको खानेपानी समस्या समाधान गर्ने प्रयास गरिएको छ । याे खानेपानी याेजना सम्पन्न हुँदा यहाँकाे पानी अभावकाे समस्या समाधान हुनेछ ।

वर्तमान वडाअध्यक्षको नेतृत्वमा सडकसहितका पूर्वाधार विकासका कामले गति लिएको छ ।

कृषि र पशुपालनको प्रचुर सम्भावना भएको यो ठाउँमा परम्परागत निर्वाहमुखी खेतीलाई आधुनिक, व्यवसायिक र सामुहिक खेतीमा जोड दिइएको छ । कृषि र पशुपालन मार्फत वडाबासिको उन्नति र वडाको समृद्धिको लक्ष्य लिइरहेको वडा अध्यक्ष शुक्रबहादुर बुढाथोकीले बताए । २०७४ को निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएर पहिलो कार्यकाल वडाको समस्या, अवस्था र सम्भावना पहिचान गर्दै वडा सञ्चालनको अनुभव लिएका बुढाथोकी स्थानीय तहको दोस्रो निर्वाचनबाट वडाअध्यक्षमा निर्वाचित भएसँगै सिमित स्रोतबाटै पनि नागरिकका असिमित माग र आवश्यकता पुरा गर्नेगरी काम गरिरहेका छन् ।

वडा कार्यालयको व्यवस्थापन, इन्टरनेटको पहुँच विस्तार र सेवा प्रवाहको गुणस्तर वृद्धि लगायतका काम गरेका वडाअध्यक्ष बुढाथोकीले वडाको विकासका लागि बजेट मागेर नगरपालिका मार्फत प्रदेश र संघ सरकारसम्म पुगिरहेका छन् ।

साविकको सिंगो गाविस एउटै वडा हुनु, पर्याप्त आन्तरिक स्रोत नहुनु, भोगोलिक विकटता र छरिएको बस्ति हुनु चानुवाको विकासका चुनौती हुन् । यद्यपि यहाँका जनप्रतिनिधिले वडाको विकास र समृद्धिका लागि अधिकतम् पहल गरिरहेका छन् ।

भिडियाेमा हेर्नुहाेस् चानुवाकाे विकास

प्रकाशित मिति : २०८१, ५ भाद्र बुधबार ००:००  ३ : ३७ बजे