२०८३, १ आश्विन बिहिबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूर्यविनायक नगरपालिकामा भाेलि सार्वजनिक बिदा



भक्तपुरको सूर्यविनायक नगरपालिकाले भोलि पालिकाभरि सार्वजनिक बिदा दिएको छ ।

सूर्यविनायक नगरपालिका–८ मा रहेको डोलेश्वर महादेव मन्दिरलाई २०६६ साल भदौ ६ गते भारतमा रहेको केदारनाथको शिर हो भनी घोषणा भएको दिनलाई स्थानीय पर्वका रूपमा मनाउन भोलि भदौ ६ गते सार्वजनिक बिदा दिइएको सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले जानकारी दिए ।

भोलि सूर्यविनायक नगरपालिकाको अत्यावश्यक सेवा बाहेक नगर कार्यपालिकाको कार्यालय र मातहतका कार्यालय एवम् शैक्षिक संस्थाहरू बन्द हुनेछन् ।

प्रकाशित मिति : २०८१, ५ भदौ बुधबार ००:००  ३ : ३६ बजे