२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जबरजस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ



काठमाडौं । जबरजस्ती करणी उद्योगका फरार अभियुक्तलाई ओखलढुंगा प्रहरीले पक्राउ गरेको छ । करिब ६ महिना देखि प्रहरीको फरार सुचिमा रहेका लिखु गाउँपालिका ५ का ५० बर्षीय रिकबहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओलढुंगाका प्रहरी निरिक्षक मिलनसिंह बस्नेतले जानकारी दिए ।

उनी २०७६ माघ २४ गते सोही गाउँपालिका ४ यसम भन्ने ठाउँमा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरी फरार रहेका थिए । उनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दार्ता गरी अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : २०७७, २५ श्रावण आइतबार ००:००  ८ : ३६ बजे