२०८१, २२ भाद्र शनिबार | Sat Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाको चम्पादेवी ककनी मन्दिर पहिरोले बगायो, १ करोडको क्षति



ओखलढुंगाको चम्पादेवी मन्दिर पहिरोले बगाएको छ । कोशी प्रदेशकै चर्चित ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा अवस्थित चम्पादेवी ककनी मन्दिर लगातारको वर्षासँगै आएको पहिरोले बगाएको हो ।

मन्दिर भन्दा माथीबाट आएको पहिरोले पूर्ण रुपमा चम्पादेवीको मन्दिर बगाएको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए । केही साता अघिको पहिरोले सामान्य क्षती गरेको भए पनि बुधबार राती आएको पहिरोले मन्दिर पूर्ण रुपमा बगाएको अध्यक्ष केसीको भनाई छ ।

पुरातात्विक महत्व बोकेको र यस क्षेत्रकै प्रसिद्ध धार्मिक स्थल भएकाले यसको पुन निर्माण गरिने अध्यक्ष केसीले बताए । गाउँपालिकाले मात्र पुनः निर्माण गर्न असम्भव भएकाले प्रदेश र संघ सरकार संग समन्वय गरिने अध्यक्ष केसीले जानकारी दिए ।

वर्षको ठुली एकादशीमा यहाँ मेला लाग्छ । दर्शनार्थीहरुले शक्ती पिठका रुपमा यहाँ पुजा आजा गर्ने गर्दछन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार पहिरोले मन्दिर बगाउँदा करिब १ करोड बराबरको क्षति भएको छ ।

प्रकाशित मिति : २०८१, ६ भाद्र बिहीबार ००:००  ३ : ३० बजे