२०८२, २७ फाल्गुन बुधबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी छानबिनमा तानिए पूर्व गृहमन्त्री रवि लामिछाने



सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

समिति सभापति सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई भोलि शुक्रबार (७ भदौ) मा सोधपुछका लागि बोलाइएको हो ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।

समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २०८१, ६ भाद्र बिहीबार ००:००  ४ : ०२ बजे